|
नेपाल–बङ्गलादेश मैत्रीपूर्ण खेल स्थगित
काठमाडौं, २ असोज। नेपाल र बङ्गलादेशबीच मङ्गलबार अपरान्ह ५ बजे दशरथ रङ्गशालामा हुन लागेको मैत्रीपूर्ण फूटबल खेल मौसमका कारण स्थगित भएको छ। नेपाल र बङ्गलादेशले दुई मैत्रीपूर्ण खेल खेल्ने निर्धारित कार्यक्रम थियो। स्थगित भएको खेल शुक्रबार हुने सम्भावना छ। |