|
भक्तपुर मालपोत ठप्प
काठमाडौं, २ असोज। प्रहरीले आफ्ना सहकर्मीलाई हिरासत लिएपछि उनको रिहाइको माग गर्दै मालपोतका कर्मचारीहरूले काम ठप्प पारेका छन्। मध्यपुर ठिमी १६ अरनिको राजमार्गसँगै जोडिएका मनहरा पुल छेउको ३ रोपनी ६ आना जग्गा सक्कली जग्गाधनीलाई थाहै नदिई कर्मचारीको मिलोमतोमा बिक्रीको प्रयास भएको थियो। त्यसमा संलग्नताको आरोपमा मालपोतका दुई शाखा अधिकृतसहित ४ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त कार्यमा संलग्न अन्य १५ जनालाई पनि प्रहरीले पक्राउ गरी ठगी तथा सरकारी छापकिर्ते मुद्दा चलाएको छ। प्रहरीले मालपोतका अन्य ३ कर्मचारीको पनि खोजी गरेको छ। ती कर्मचारीहरू बिदामा बसेको भक्तपुर प्रमुख हरि वखतीले बताए। ठगीमा संलग्नको बचाउको माग गर्दै लगातार दुई दिनदेखि कर्मचारीले कार्यालय ठप्प पारेका छन्। |