September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

प्रसूतिगृहमा सङ्क्रमित महिलाको मृत्यु

काठमाडौं, २ असोज। प्रसूति गृह अस्पतालमा शल्यक्रिया गराउने क्रममा सङ्क्रमण भएकी एक महिलाको मङ्गलबार कान्तिपुर अस्पतालमा मृत्यु भएको छ। गत बिहीबार प्रसुतिगृहमा सिजेरियन गराउने क्रममा सङ्क्रमण भएकी स्वीचाटारकी २६ वर्षे लता गुरूङको मङ्लबार बिहान ८ बजे मृत्यु भएको हो।
    थापाथलीस्थित प्रसूतिगृह अस्पतालको ३ वटै शल्यकक्ष सङ्क्रमित भएपछि लतासहित शल्यक्रिया भएका ८ जना महिलालाई विभिन्न अस्पतालमा रेफर गरिएको थियो।
    उनीबाहेक अन्य ७ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृतक गुरूङका आफन्तले राहत र प्रसूतिगृहका दोषीमाथि कारबाही माग गर्दै कान्तिपुर अस्पतालमा रहेको शव उठाउन मानेका छैनन्। 
    प्रसूतिगृह प्रशासनले त्रुटि स्वीकारे पनि क्षतिपूर्तिलगायतका विषयमा केही स्पष्ट पारेको छैन। मृतक र अन्य बिरामीका आफन्तले घेरेपछि अहिले प्रसूतिगृहको अवस्था तनावपूर्ण बनेको छ ।