September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

वडाव्यापी कविता प्रतियोगिता

भक्तपुर, ३ असोज। नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ वडा नं. १० एकाइ समितिको आयोजनामा मङ्गलबार भनपा वडा नं. १० व्यापी कविता प्रतियोगिता सम्पन्न भयो। 
    प्रतियोगिताका निर्णायक एवम् युवा कवि दामोदर सुवालले सामाजिक तथा सांस्कृतिक परिवर्तनको लागि साहित्यले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
    नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ नगर समितिका विवेक प्रजापतिले पनि बोल्नुभएको  सो कार्यक्रम प्रकाश सुवालको सभापतित्वमा भएको थियो।
    प्रतियोगितामा सोनिका सुवाल प्रथम, मनिसा कोजू द्वितीय, वीरेन्द्र छोसकोपो तृतीय र मनिश सुवाल सान्त्वना भएको थियो ।