|
जिविस धनुषामा अख्तियारको टोलीद्वारा छानबिन सुरु
जनकपुर, ६ असोज। जिल्ला विकास समिति धनुषामा भएको अनियमितताको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता ईश्वरी पौडेलका अनुसार अख्तियारका प्रहरी उपरीक्षक भरत शर्माको नेतृत्वमा आएको पाँच जनाको टोलीले छानबिन सुरु गरेको हो। |