September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

बाघको छाला र अङ्ग बरामद

खलङ्गा (बैतडी), ६ असोज। प्रहरीले बैतडीको दशरथचन्द नगरपालिका –१३ को शेराबाट दुईवटा बाघको छाला र शरीरका अन्य अङ्गहरू बरामद गरेको छ।
    शेरा प्रहरी चौकीबाट गस्तीमा गएको प्रहरी टोलीलाई देख्ने बित्तिकै एक अज्ञात व्यक्तिले झोला छोडेर भागेपछि उक्त झोला चेकजाँच गर्दा प्रहरीले बाघको छाला र शरीरका विभिन्न अङ्ग फेला पारेको हो।
    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर साउदले बाघका छाला र अङ्ग जिल्ला वन कार्यालयलाई बुझाइसकेको जानकारी दिनुभयो।
    बाघको अङ्ग बरामद भएको ठाउासिमानाका झुलाघाटभन्दा पाँच किमि टाढा रहेको छ। उक्त नाकाबाट बाघका अङ्गहरू तस्करी भइरहेको खबर पाएपछि प्रहरीले कडाइ गरेको बताएको छ।
        झुलाघाट नाका सुदूरपश्चिमका पहाडी जिल्लाहरूको मुख्य नाकाको रुपमा रहेकाले बैतडी, बझाङ, बाजुरा, डडेल्धुरालगायतका जिल्लाका बासिन्दा यही बाटो भएर भारत जाने गर्दछन्। रासस