प्लास्टिकको सामानको प्रदर्शनी हुने
काठमाडौं, ८ असोज। प्लास्टिकको महत्त्व र नेपालमा प्लास्टिकबाट उत्पादित सामग्रीहरूको प्रयोगबारे जानकारी दिने अभिप्रायबाट एकदिन काठमाडौंको सोल्टी होटलमा प्लास्टिकका उत्पादनको प्रदर्शनी गरिने भएको छ।
नेपाल प्लास्टिक उत्पादक सङ्घ र एसके प्रालिको संयुक्त आयोजनामा हुन लागेको उक्त एकदिने प्रदर्शनीमा नेपालका विविध प्लास्टिकजन्य उद्योगहरूका उत्पादन राखिने भएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्लास्टिक उत्पादक सङ्घका अध्यक्ष शैलेन्द्रलाल प्रधानले प्लास्टिकका सामग्रीको माग बढिरहेको अवस्थामा उद्योगको उचित व्यवस्थापन र वातावरणमा प्लास्टिकले पार्ने असर र व्यवस्थापनका सम्बन्धमा के कस्तो प्रक्रिया अपनाउन
सकिन्छ भन्ने उद्देश्यले बृहत् गोष्ठीको आयोजना गरिने बताउनुभयो।
नेपालमा करिब ३०० सङ्गठित र झण्डै २०० सहायक प्लास्टिक प्रशोधन उद्योग गरी करिब ५०० उद्योगहरू सञ्चालित छन्। नेपालमा सन् १९७० मा प्लास्टिकको प्रयोग सुरु भएको थियो। अहिले नेपालमा झण्डै १ लाख ५० हजार मेटि्रक टन प्लास्टिक खपत हुने गरेको बताइन्छ।
नेपालमा प्लाष्टिकको प्रयोग घरायसी सामग्रीहरूका साथै पेट बोतल, सिरिञ्ज, आँखाका लेन्स, फर्निचर, डोरी, पोलिस्टर यार्न, लुवि्रकेन्ट्स, पाइप्स एण्ड फिटिङस, सामान प्याक गर्ने बोरा तथा विभिन्न साइजमा प्लास्टिकका झोलाका रुपमा भइआएका छन्।
नेपालमा प्लास्टिकका सामग्री खपतको वार्षिक वृद्धिदर ५ प्रतिशत रहेको छ भने छिमेकी मुलुक भारतमा १३ प्रतिशत, श्रीलङ्कामा १० प्रतिशत र बङ्गलादेशमा २० प्रतिशत रहेको छ।
प्लास्टिक कच्चापदार्थ आयातकर्ताले नेपालमा १० प्रतिशत र भारत र बङ्गलादेशमा ५ प्रतिशत र श्रीलङ्कामा शून्य प्रतिशत कर सरकारलाई बुझाउनु पर्ने नीति रहेको बताइन्छ।
करिब ३० अर्ब बराबरको लगानी रहेको प्लास्टिक उद्योगमा हाल प्ा्रत्यक्ष अप्रत्यक्ष गरी ५५ हजार व्यक्तिले रोजगार पाइरहेका छन् भने ५०० उद्योगले सरकारलाई रु. सात अर्ब राजस्व बुझाइरहेका छन्। रासस
|