September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

दुर्व्यवहार गर्नेलाई कारबाही माग

गजुरी (धादिङ), १८ असोज। आफूलाई बोक्सीको आरोपमा दुर्व्यवहार गर्नेलाई गिरफ्तार गरी कारबाही गर्न एक पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा बुधबार जाहेरी दिएकी छन्।
    कुम्पुर गाविस–८ चाँपखोलाकी ७३ वर्षीया साहिँली गुरुङलाई छिमेकी ४० वर्षीया मीनुमाया गुरुङले आफ्नी सानी छोरीलाई बोक्सीमन्त्र गरेर बिरामी पारेको आरोपमा कुटपिट गरेकी हुन्। आफूलाई तीजको दिनमा समेत कुटपिट गरी भुत्ल्याएर मार्ने धम्की दिई तीज मनाउनसमेत नदिएको पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन्।
    गत वर्ष पुसमा समेत यसरी नै बोक्सीको आरोपमा वृद्धा साहिँली गुरुङलाई कुटपिट गरिएपछि इलाका प्रहरी कार्यालयमा समेत मिलापत्र गरिएको भए पनि पटक–पटक कुटपिट गर्दै मार्ने धम्की दिइएको पीडितले जाहेरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन बुढाथोकीले बताउनुभयो। 
    पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिई पीडकलाई गिरफ्तार गरेर मुलुकी ऐन बमोजिम हदैसम्मको सजाय गर्न माग गरेकी छन्।