September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

चेप्रति श्रद्धा अर्पण गर्दै फोटो प्रदर्शनी

हवाना (आरएचसी)। क्रान्तिकारी नायक अर्नेष्टो चे ग्वेभाराप्रति समर्पित गर्दै चर्चित क्युवाली भिडियो तथा वृत्तचित्र निर्माता रोर्टाे चाइल र विद्यार्थी जुआन क्यामिलो क्रुजले संयुक्त रुपमा तयारी गरेको फाटो प्रदर्शनी हनावाको होस्टल कोन्डे डे भिलान्युमा ग्यालरीमा सुरु भएको छ। 
    उक्त प्रदर्शनीमा चेग्वेभारा भनेको को भनी थाहा नपाएका फोटोग्राफरहरूको फोटोहरूदेखि क्युवा र विदेशमा समेत पुनर्सिजना गरिएका चेका फोटोहरू राखिएका छन्। प्रदर्शनीमा चाइल र हवाना विश्व विद्यालयको सञ्चार कलेजका नवयुवक विद्यार्थी जुआनका फोटो पनि रहेका छन्। उक्त सांस्कृतिक कार्यक्रममा बोलिभियाका १९६७ मा चेको हत्या भएको वार्षिकीलाई स्मरण गरिएको थियो। उक्त हत्याले ती अर्जेेन्टिनी–क्युवाली छापामार नायकलाई अमर बनाएको थियो। 
    हवानाको अल्बा सांस्कृतिक गृहलाई अक्टोबर ५ देखि सुरु भएको अर्काे कला प्रदर्शनीको शीर्षक दुई –तीन, धेरै चेको सिर्जना.....' भन्ने थियो। त्यस प्रदर्शनीमा विभिनन प्रविधिले तयार पारेका ४० क्युवाली कलाकारहरूका कृति राखिएका छन्। त्यस प्रदर्शनीमा ख्यातिप्राप्त अर्नेष्टो रानकानो, रोवर्टाे फाबेलो, ज्याभियर गुचेरा, इडुवार्डाे रोका (चोको) जोसे फुस्टर, इभर फोन्सेका एलिसिया लेललगायतका महत्त्वपूर्ण चित्रकला, फोटोकला, साना मूर्तिकलाहरू प्रदर्शनमा राखिएका छन्। 
    अर्काे महत्त्वपूर्ण फोटो प्रदर्शनी क्युवाका सबभन्दा महत्त्वपूर्ण फोटोग्राफरहरूको रहेको छ। १९५९ को क्युवाली क्रान्तिको पहिलो वर्षदेखि नै तिनीहरूका फोटोहरू विशेष महत्त्वका रहेका छन्। उक्त प्रदर्शनीमा अल्वर्टाे कोर्डा, राउल कोरालेस, लिवोरियो, नोभाल, ओस्भाल्डो र रोबर्टाे सालेस, पर्फेक्टो रोमेरो र अर्नेष्टो फर्नान्डेजलगायत चर्चित फोटोग्राफरहरूले खिचेका फोटो सङ्ग्रहित छन्।