September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

एउटा क्षेत्रको विजयी उम्मेदवारबाहेक ४५ जनाको जमानत जफत

महोत्तरी, ९  मंसिर। महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकोमा ४५ जनाको जमानत जफत भएको छ। 

निर्वाचन परिणाम सार्वजनिक भएपछि एक जना विजयी स्वतन्त्र उम्मेदवार चन्द्रेश्वर झाको बाहेक सबैको जमानत जफत भएको हो। 

जसले गर्दा निर्वाचन आयोगले जमानत जफत भएका उम्मेदवारहरूबाट कुल १ लाख ३५ हजार रुपैयाँ अर्थात् प्रतिउम्मेदवार ३ हजार रुपैयाँका दरले राजस्व सङ्कलन भएको छ। 

झाले कुल सदर मत ३१ हजार ४ सय २४ मा विजयी उम्मेदवार झाले मात्रै ३१६२ अर्थात् ११.१६ प्रतिशत मत प्राप्त गरेका छन। 

निर्वाचन ऐनअनुसार प्रत्यक्षतर्फका उम्मेद्वारहरूले आफ्नो जमानत सुरक्षित गर्न सम्बन्धित निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको कम्तीमा ११ प्रतिशत मत प्राप्त गर्नुपर्दछ। तर यो प्रावधान विजयी उम्मेद्वारको हकमा भने लागू हुनेछैन।