महिला प्रजनन र दलित भूमिहीनका समस्या समाधान गर्न आग्रह
मुगु, १३ मंसिर। नवनिर्वाचित सभासद् मोहन बानियाँलाई महिला र दलितले अब बन्ने संविधानमा प्रजनन स्वास्थ्य र भूमिहीन दलितका विषय समेट्नका लागि पहल गर्न आग्रह गरेका छन्।
कर्णाली एकीकृत महिला विकास मञ्च र जिल्ला दलित सञ्जाल मुगुले बिहीबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा मञ्चका अध्यक्ष राधिका मल्लले सरकारले देशभरिका १० हजार महिलालाई निःशुल्क उपचारको व्यवस्था गरेको भए पनि कर्णालीका २० हजारभन्दा बढी महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको गुनासो गर्नुभयो।
कर्णाली जीविकोपार्जन कार्यक्रम केडका लीला टमटाले कर्णालीका दलितका लागि भूमि अधिकारको सुनिश्चितता गर्न र दलितका पेसामा आधुनिकीकरण गर्न सुझाव दिनुभयो। रासस
|