गाँजा फडानीका लागि प्रहरी परिचालन सुरु
गाईघाट (उदयपुर), १३ मंसिर। उदयपुरको पश्चिमी भेगका विभिन्न पहाडी गाविसमा गाँजा फँडानी गर्न बिहीबारदेखि प्रहरी परिचालन गरिएको छ।
पश्चिमी पहाडी भेगका गाविसहरू ओख्ले, रुपाटार, हर्देनी, ठानागाउँलगायतका गाविसमा लगाइएका अवैध गाँजाखेती फँडानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको २८ जना टोली त्यसतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक अजय भट्टराईले बताउनुभएको छ। जिल्ला प्रशासन कार्यालयमा हालै बसेको प्रशासन तथा सुरक्षा समितिको बैठकपछि सम्बन्धित स्थानहरूमा गाँजा फँडानी गर्न प्रहरी परिचालन गर्ने निर्णय गरिएबमोजिम प्रहरी खटाइएको हो।
गत वर्ष पनि प्रहरीले उदयपुर जिल्लामा सम्बन्धित गाविसमा झण्डै पाँच हजार रोपनी जग्गामा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको थियो। रासस
|