September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

बेलायतद्वारा चीन–युरोप स्वतन्त्र व्यापार सम्झौताको उच्च समर्थन

पैचिंग, १७ मंसिर। चौथो चीन र बेलायत उद्योग तथा वाणिज्य शिखर सम्मेलन सोमबार पैचिंगमा सुरु भएको छ। बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले सोमबार यो शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ। उहाँले चीन–युरोप स्वतन्त्र व्यापार सम्झौताबाट दुवै पक्षलाई फाइदा पुगेको र बेलायतले सम्झौतालाई उच्च समर्थन गरेको बताउनुभयो। 

प्रधानमन्त्री क्यामरुनको नेतृत्वमा बेलायतबाट एउटा प्रतिनिधि मण्डलले सोमबारदेखि चार तारिखसम्म चीनको भ्रमण गरिरहेको छ। 

सन् २०१२ मा विश्व व्यापार चौतर्फी रुपमा घटेको वातावरणमा चीन र बेलायतबीचको व्यापार रकम ६३ अर्ब दस करोड अमेरिकी डलर पुगेको छ। यो रकम सन् २०११ को तुलनामा ७.५ प्रतिशतले वृद्धि भएको हो। 

चीनका उप प्रधानमन्त्री वाङ याङ सोमबार बिहान चीन बेलायत उद्योग तथा वाणिज्य शिखर सम्मेलनमा सहभागी हुनुभएको छ। 

यसका साथै चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाङ त च्याङले प्रधानमन्त्री क्यामरुनसँग भेटवार्ता गर्नुभएको छ।