September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

नित्यनाथ साकोसद्वारा मि७ाई तालिम

भक्तपुर, १७ मंसिर।  नित्यनाथ बचत तथा ऋण सहकारी संस्थाको महिला उपसमितिको आयोजनामा संस्थाका सदस्यहरूलाई स्वच्छ, स्वस्थ तथा केमिकलरहित मिठाई खानका लागि मिठाई बनाउने तालिम सञ्चालन गरिएको थियो। 

पहिलो चरणको उक्त तालिममा संस्थाका सदस्यहरू तथा गैरसदस्यहरू गरी जम्मा १७ जनाको सहभागिता रहेको उक्त तालिमका प्रशिक्षक रामबहादुर योगीले  विभिन्न प्रकारका परिकारहरू बनाउन सिकाउनु भएको थियो। 

संस्थाका अध्यक्ष शिवकुमार त्वाय्नाले तालिममा सहभागि महिला सदस्य तथा प्रशिक्षकलाइ धन्यवादका साथ  दोस्रो चरणको तालिममा पनि सक्रिय सहभागिताको लागि अनुरोध गर्दै प्रमाण–पत्र वितरण गर्नुभएको थियो।