September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको पुनः आग्रह

मनिला, १८ मंसिर। फिलिपिन्समा गतमहिना आएको 'हाइयान' नामक आँधी प्रभावित व्यक्तिलाई सङ्कटकालीन सहयोगका लागि संयुक्त राष्ट्र सङ्घको शरणार्थी निकायले सोमबार आग्रह गरेको छ। 

गत महिना आएको यस भीषण आँधीबाट सात हजार ५०० व्यक्ति हताहती र बेपत्ता भएका हालै प्रकाशित सरकारी तथ्याङ्कले जनाएको छ। 

संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकायका उच्च आयुक्तका अनुसार यस आँधीबाट प्रभावित व्यक्तिहरूका लागि एक करोड ९२ लाख अमेरिकी डलर बराबरको संकटकालीन सहयोगको आवश्यकता पर्ने जनाउनुभएको छ। 

यस आँधीबाट हजारौं घरपरिवार विस्थापित भएका छन्। सो आँधीबाट अति प्रभावित फिलिपिन्सको मध्य द्वीप लेटे र समरबाट करिब पाँच हजार व्यक्ति मलिना र सेबु पुगेका पनि सो शरणार्थी विभागबाट प्रकाशित विज्ञप्तिमा जनाइएको छ। 

फिलिपिन्सको इतिहासमा नै यो एक भयानाक आँधीको रुपमा आएको बताइएको छ। गत नोभेम्बर आठको सरकारी तथ्याङ्कअनुसार यस आँधीबाट पाँच हजार ७८० व्यक्तिको मृत्यु हुनुको साथै एक हजार ७७९ व्यक्ति बेपत्ता भएका थिए। 

राष्ट्रिय प्रकोप न्यूनिकरण र व्यवस्थापन परिषद्ले मङ्गलबार जनाएअनुसार फिलिपिन्सको दर्जनौं सहरमा सो आँधीबाट प्रभावित  चालीस लाखभन्दा बढी व्यक्ति सङ्कटकालीन सहयोगको आवश्यकता परेको छ।   एएफपी