September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

तोडफोडको अभियोगमा एमाले कार्यकर्ता पक्राउ

चितवन, १८ मंसिर। ठूला दलका नेता कार्यकर्ताको पक्राउलगत्तै छोड्न दबाब पर्ने भएपछि प्रहरीले पक्राउलगत्तै म्याद थपको रणनीति अख्तियार गरेको छ।  

चितवन क्षेत्र नं ३ का एकीकृत नेकपा (माओवादी) का उम्मेदवार नारायण दाहालको गाडीमाथि तोडफोड गरेको अभियोगमा सोमबार बिहान पक्राउ परेका नेकपा (एमाले)का प्रकाश रेग्मीलाई प्रहरीले तत्काल म्याद थप गरेको छ।  

युथफोर्सका केन्द्रीय सदस्यसमेत रहेका रेग्मीलाई छाड्न दबाब सुरु हुन नपाउँदै प्रहरीले केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गराएको हो।  

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सञ्जयबहादुर राउतले छाड्न दबाब पर्ने भएपछि पक्राउलगत्तै म्याद थप गरी मुद्दा चलाएको बताउनुभयो। सिंचाइ कार्यालय परिसरमा टेन्डर हाल्न पुगेका रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो।  रासस