September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

मेसिनमा च्यापिएर एकको मृत्यु

भक्तपुर, १९ मंसिर। भक्तपुरको दुवाकोट गाविसमा रहेको कागज कारखानाको मेसिनमा च्यापिएर एकजना कामदारको मृत्यु भएको छ। दुवाकोट गाविस– ९ मा रहेको बाबा कार्डबोर्ड प्रालिमा कार्यरत मजदुर भारत आसामगढ घर भएका ३५ वर्षका षडानन्द यादवको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ। 

बिहान मेसिन चलाएर कागज पेल्दै गर्दा सोही मेसिनमा परेर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।