September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

वर्षात्ले अवरुद्ध भएको सुर्खेत –अछाम सडक सञ्चालन

सुर्खेत, १९ मंसिर। लामो समयदेखि अवरुद्ध रहेको सुर्खेतदेखि अछामको मङ्गलसेनसम्म जोड्ने सडकखण्ड सञ्चालनमा आएको छ। 

कर्णालीमा पानीको बहाव बढेपछि अवरुद्ध भएको सडक त्यस लगत्तै वर्षात्ले बाटो बिग्रिँदा थप प्रभावित भएको थियो। सडक मर्मतपछि यो वर्ष पहिलोपटक सुर्खेतबाट मध्यपश्चिमाञ्चल यातायात व्यवसायी सङ्घका बस मङ्गलसेन पुगेका छन्।  

केहीदिन पहिले विनायकसम्म पुगेको बससेवा स्थानीय यातायात समितिबीच रुट परमिटका विषयमा सहमति हुन नसक्दा मङ्गलसेनसम्म पुग्न सकेको थिएन। बुधबारदेखि बस नियमित भएपछि अब हरेक दिन बिहान ८ बजे सुर्खेत–मङ्गलसेनका लागि बस सञ्चालन गरिएको छ।                     रासस