September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

सत्र किलो सुनसहित तीन नियन्त्रणमा

चौतारा, १९ मंसिर। चीनबाट नेपाल ल्याउँदै गरेको १७ किलो सुनसहित दुई चिनियाँ र एक नेपालीसहित तीन जनालाई प्रहरीले तातोपानी भन्सार गेटबाट बुधबार बिहान नियन्त्रणमा लिएको छ।  

सत्र टुक्रा बिस्कुट आकारको १७ केजी सुन कम्मरमा बाँधी लुकाइछिपाई लान लागेको अवस्थामा जाँचका क्रममा सशस्त्र प्रहरी र भन्सार कर्मचारीको टोलीले बरामद गरी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अर्जुन खत्रीले जानकारी दिनुभयो।  

तातोपानी भन्सार कार्यालयका अनुसार पक्राउ पर्र्नेमा चिनियाँ युवती झु–पेयी  र चिनियाँ युवक लि–जउन तथा सिन्धुपाल्चोको मार्मिङ–८ निवासी ल्हामु तामाङ छन्। बरामद सुनसहित तीनै जनालाई राजस्व अनुसन्धान विभागमा बुझाउने तातोपानी भन्सार कार्यालयले जनाएको छ।                         रासस