September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

चीनको हवाई क्षेत्रका विषयमा तनाव कम गर्न प्रयास

बेइजिङ, २० मंसिर। अमेरिकी उपराष्ट्रपति जो बाइडेनले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरी दुई मुलुकबीचको सम्बन्धले २१ औं शताब्दीको मार्गलाई प्रभावित बनाउने बताउँदै बेइजिङले घोषणा गरेको हवाई क्षेत्रका विषयमा तनाव कम गर्न प्रयास गर्नुभयो।  

उपराष्ट्रपति बाइडेनको यो भ्रमण जापानबाट आरम्भ भएको थियो र दक्षिण कोरियामा गएर टुङि्गनेछ। बेइजिङले जापानसँग विवादित द्वीपहरू रहेको पूर्वी चीन जल क्षेत्र समेटेर हवाइ प्रतिरक्षा पहिचान क्षेत्र घोषणा गरेपछि उहाँले यस क्षेत्रको भ्रमण गर्नुभएको हो।  

उहाँले प्रमुख मुलुकबीचको सहयोगको विधि विश्वास र एकअर्काप्रति सकारात्मक अवधारणामा आधारित हुनुपर्ने बताउनुभयो।  

यी दुई नेताबीच राम्रो व्यक्तिगत सम्बन्ध भएका कारण ४५ मिनेटका लागि तय भएको भेटको समय दुई घण्टासम्म कायम रहेको बताइएको छ।  

चिनियाँ राष्ट्रपति सीले बाइडेनलाई पुरानो मित्र भन्दै उहाँले लिनुभएको अभियानको प्रशंसा गर्नुभयो। 

बेइजिङले उक्त क्षेत्र भएर उड्ने सबै विमानले चीनको आदेश पालना गर्नुपर्ने र त्यसो नगरेमा प्रतिरक्षात्मक आपतकालीन उपाय भोग्नुपर्ने बताएको थियो। 

त्यसपछि वासिङटन, टोकियो तथा सोल सबैले आफ्नो सैनिक तथा अर्धसैनिक विमान त्यस क्षेत्रतर्फ पठाएका थिए भने अमेरिकाले आफ्नो जापानसँग सुरक्षा सन्धि रहेको बताएको थियो।             एएफपी