भारतको नयाँ दिल्लीमा निर्वाचनमा भ्रष्टाचारविरोधी दलको परीक्षण
नयाँ दिल्ली, २० मंसिर। भारतको नयाँ दिल्लीमा बुधबार राज्यस्तरीय निर्वाचनका लागि मतदान भएको छ भने यस निर्वाचनमा सन् २०११ मा मुलुकभर चलेको भ्रष्टाचार विरोधी आन्दोलनबाट जन्मिएको राजनीतिक दल 'आम आदमी पार्टी' को पहिलो परीक्षण हुने देखिएको छ।
पूर्व कर निरीक्षक अरविन्द केजरिवाल नयाँ दिल्लीमा उम्मेदवार भएका छन् र विजयको आशा राखेका छन् तथा यसले आउँदो वर्षमा हुने राष्ट्रव्यापी आमनिर्वाचनमा ठूलो राजनीतिक भूकम्प ल्याउने अनुमान गरिएको छ।
नयाँ दिल्लीको जनसङ्ख्या एक करोड ६८ लाख रहेको छ र यस राज्यमा सन् १९९८ देखि काङ्ग्रेस पार्टीले प्रशासन सरकार गरेको छ। यहाँ महङ्गी, महिलामाथि आक्रमण तथा भ्रष्टाचारका विषयमा मतदाता क्रुद्ध देखिएका छन्। केजरिवालले आफ्नो मत दिल्लीको केन्द्रीय भागमा खराले। उनको साथमा करिब १०० समर्थक गान्धी टोपी तथा कुचो लिएर भेला भएका थिए। कुचो उहाँको दलको चिह्न भएको छ।
चवालीस वर्षीय केजरिवालले स्वच्छ राजनीतिका लागि वचन दिनुभएको छ र उहाँ नयाँ उम्मेदवार हुनुहुन्छ। उहाँले यस पटक जनताले भ्रष्टाचारको विरोधमा मत दिने बताउनुभयो। कुनै समय अन्ना हजारेका सहयोगीका रूपमा रहेका केजरिवालले करिब एक वर्ष अगाडि उहाँसँग भिन्न भएर आम आदमी पार्टी (आप) गठन गरेका हुन्। अन्ना हजारेले सन् २०११ मा नयाँ भ्रष्टाचारविरोधी कानुनको माग गर्दै राष्ट्रव्यापी रूपमा प्रदर्शन गर्नुभएको थियो।
मङ्गलबार ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रकाशन गरेको भ्रष्टाचार अवधारणा सर्वेक्षणमा १७७ मुलुकमध्ये भारतको स्थान ९४ औं रहेको छ। भारतको अभिमत सर्वेक्षणको नतिजालाई विश्वसनीय मानिन्न र यी नतिजाहरूमा आम आदमी पार्टीले ७० स्थानको सभामा ६ देखि ३० स्थानसम्म प्राप्त गर्ने अनुमान गरिएको छ। इन्डियन एक्प्रेसले बुधबार सम्पादकीयमा यस निर्वाचनले नयाा शक्ति आम आदमी पार्टीलाई परीक्षण गर्ने उल्लेख गरेको छ। एएफपी |