September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

नेमकिपा मकवानपुरद्वारा धन्यवाद कार्यक्रम

मकवानपुर, २२ मंसिर। नेपाल मजदुर किसान पार्टी जिल्ला समिति मकवानपुरले मंसिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारहरूलाई अमूल्य मतदान गर्ने मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेको छ। 

शनिबार पार्टीका कार्यवाहक अध्यक्ष सन्तलाल भैलको अध्यक्षतामा बसेको जिल्ला समितिको बैठकले धन्यवाद प्रस्ताव पारित गरेको थियो। 

सोही अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ र नेपाल क्रान्तिकारी मजदुर सङ्घको स्थापना दिवस पनि मनाइएको थियो। 

कार्यक्रममा पार्टी कार्यवाहक अध्यक्ष सन्तलाल भैल, पार्टी प्रतिनिधि पूर्णसिं वाइवा, नेपाल क्रान्तिकारी मजदुर सङ्घका जिल्ला अध्यक्ष विष्णुबहादुर श्रेष्ठ, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष सविता वाइवा तामाङ, नेपाल क्रान्तिकारी युवा सङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सुनिता मगरले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो।