नव व्यवसायीहरूलाई अभिमुखीकरण
भक्तपुर, २२ मंसिर। नेपाल औद्योगिक व्यवसायी विकास प्रतिष्ठानले भक्तपुरका उद्योगी/व्यवसायीहरूलाई व्यवसाय सञ्चालनसम्बन्धी अभिमुखीकरण गरेको छ।व्यवसायमा उत्साहित भएका जिल्लाका २० जना व्यवसायीहरूलाई व्यवसाय व्यवस्थापनमा आउन सक्ने चुनौतीको सामनाको उपायबारे जानकारी दिन पाँचदिने अभिमुखीकरण गरेको हो।
व्यवसायीहरूलाई प्रतिष्ठानका तालिम प्रबन्धक रञ्जन बस्ती, व्यवसायिक प्रबन्धक समिता श्रेष्ठले व्यवसायसम्बन्धी कक्षा लिनुभएको थियो।
|