September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

सत्सङ्ग पुस्तकालयको साधारणसभा

भक्तपुर, २२ मंसिर। सत्सङ्ग पुस्तकालयको प्रथम खुला साधारणसभा शनिबार तारा माध्यमिक विद्यालयमा एक कार्यक्रमबीच नेपाल पुस्तकालय सङ्घका पूर्वअध्यक्ष प्रकाशकुमार थापाले उद्घाटन गर्नुभयो। 

कार्यक्रममा अतिथि थापाले समाजको परिवर्तनका लागि पुस्तकालयको महत्त्वपूर्ण भूमिका रहने चर्चा गर्दै भक्तपुरको अध्ययन अभियान अनुकरणीय रहेको बताउनुभयो। 

नेपाल पुस्तकालय सङ्घका अध्यक्ष अशोक थापाले युवा पुस्ताले अध्ययन संस्कृतिको विकासमा जोड दिनुपर्ने कुरा स्पष्ट पार्नुभयो।  

पुस्तकालयका अध्यक्ष चन्द्र प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर पुस्तकालय सङ्घका अध्यक्ष सुरेन्द्रप्रसाद दुवाल, सूर्य प्रजापति, लायन्स क्लवका गोकुलप्रसाद प्रजापति, पुस्तकालय सफ्टवेयर विज्ञहरू मनोजकुमार साह, चन्द्रभूषण यादव, सत्सङ्ग पुस्तकालयका सुनिल शिल्पकार, सरो प्रजापति र सरिता दुवाललगायतले बोल्नुभएको थियो। 

साधारणसभाले विधान, विभिन्न प्रतिवेदन तथा प्रस्तावहरू पारित गर्नुका साथै सूर्य प्रजापतिको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको थियो।