September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

कुर्दिसहरूमाथि टर्कीद्वारा भीषण दमन

युक्रोकोमा (टर्की)। टर्कीद्वारा दक्षिणपूर्वी प्रान्त हक्कारीको युक्सेकोभा नगरमा शुक्रबार कुर्दिस प्रदर्शनकारी र दङ्गा प्रहरीबीच भिडन्त भएपछि दङ्गा प्रहरीले त्यहाँ भीषण दमन सुरू गरेका छन्। 

प्रहरीले युक्सेकोभाको अस्पताललाई समेत बाँकी राखेको छैन। प्रहरीले त्यहाँ पसी भिडन्तका क्रममा मारिएका दुई प्रदर्शनकारीको शव समेत घिसारेर लगेको बताइएको छ।  

ती दुई प्रदर्शनकारीको कुर्दिस बाहुल्य यस नगरमा शुक्रबार भएको भिडन्तका क्रममा ज्यान गएको थियो। 

कुर्दिस्तान वर्कर्स पार्टी – पीकेकेका लडाकूहरूको चिहानलाई सरकारले ध्वस्त पार्न लागेको विरोधमा भएको कुर्दिस जनताको प्रदर्शनका क्रममा उक्त हिंसात्मक भिडन्त भएको हो। स्थानीय सरकारी कार्यालयहरूले भने त्यस दावीलाई अस्वीकार गरेको छ।  

टर्कीको दक्षिणपूर्वी प्रान्तहरू धेरै वर्षदेखि सशस्त्र सङ्घर्ष गर्दै आएको कुर्दिस्तान वर्कर्स पार्टीले गत मार्च महिनामा युद्धविराम गरेदेखि शान्त रहेको थियो। लडाकूहरूको समाधिस्थल भत्काउने सरकारी निर्णयले पुनः भिडन्त निम्त्याएको बताइएको छ।  

कुर्दिस्तान वर्कर्स पार्टीले दक्षिण पूर्वी टर्कीमा स्वशासित कुर्दिस प्रान्त स्थापनाका निम्ति सन् १९८० देखि सशस्त्र सङ्घर्ष गर्दै आएको छ। त्यस सङ्घर्षका क्रममा दसौंहजार कुर्दिस र टर्केली जनताको ज्यान गइसकेको छ।  

– प्रेस टीभी