September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

चीनको अन्तरिक्ष यान चन्द्रमाको कक्षमा प्रवेश

बेइजिङ, २२ मंसिर। चीनको पहिलो चन्द्रयान शुक्रबार चन्द्रमाको कक्षमा प्रवेश गरेको जानकारी सरकारी समाचार संस्था सिन्ह्वाले दिएको छ र यस विमानलाई यसै महिनाको अन्त्यसम्म चन्द्रमामा अवतरण गर्ने योजना बनाइएको छ।  

युटु नाम गरेको यो यान चीनको दक्षिणपश्चिमी भागमा अवस्थित सिचाङ भू–उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको ११२ घण्टापछि चन्द्रमाको कक्षमा शुक्रबार साँझ प्रवेश गरेको हो।  

यस विमानले डिसेम्बर महिनाको मध्यतिर चन्द्रमामा अवतरण गरी त्यहाँको प्राकृतिक स्रोतका बारेमा अन्वेषण गर्ने लक्ष्य राखिएको छ।  

यस 'चाङ–३' अभियानको नाम चीनको पौराणिक कथाअनुसार चन्द्रमा देवीको रूपमा राखिएको छ र उनैको बाहन खरायोको नाम 'युटु' हो। यसले चीनलाई चन्द्रमामा वाहन अवतरण गराउने तेस्रो मुलुक बनाउने छ। अमेरिका तथा सोभियत सङ्घले यस्तो कार्य दसकौैं अगाडि गरेका थिए।  

चीनले सन् २०२० सम्म स्थायी अन्तरिक्ष केन्द्र स्थापना गर्ने र त्यसपछि मानवलाई चन्द्रमामा पठाउने लक्ष्य राखेको छ।