September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

वृद्धाश्रममा बस्नेको कमी

 

भक्तपुर, २३ मंसिर। मध्यपुरथिमिस्थित ओम वृद्धाश्रममा वृद्धाको खाँचो भएको छ।  

वृद्धाश्रमका अध्यक्ष प्रदीप श्रेष्ठले हाल चारमात्र वृद्धा रहेको वृद्धाश्रममा २० जनासम्म अट्न सक्ने क्षमता भए पनि असहाय वृद्धा नआउँदा तिनको खोजी भइरहेको बताउनुभयो। साठी वर्ष पूरा भएकी असहाय वृद्धाको खोजी भइरहेकोे र पाइएमा  खबर गर्न उहाँले आह्वान गर्नुभएको छ।  

पाँच रोपनी जग्गामा निर्माण भएको एउटा दुईतले भवनमा हाल वृद्धाश्रम सञ्चालनमा छ। वृद्धहरू राख्न थप नयाँ भवन निर्माण गरिने बताइएको छ। गत साउनदेखि  वृद्धाश्रममा रहने सबैका लागि खाने व्यवस्था शिवयोग शिवानन्द प्रतिष्ठान नेपालले मिलाएको छ भने जिविसले वार्षिक रु. एक लाख सहयोग गर्दैआएको छ।