गरिबीले विषादी सेवन र मृत्यु
गौशाला, २३ मंसिर। विषादी सेवनबाट महोत्तरीको गौशालामा आइतबार बिहान गौशाला गाविस–३ बस्ने ५० वर्षीय दुःखी सदाको मृत्यु भएको छ।
अत्यधिक मदिरा सेवन गर्ने सदाले गए राति पत्नीसँग झगडा गरेर 'इन्डोइन' नामक कीटनाषक विषादी सेवन गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। विषादी सेवन गरेका सदालाई परिवार तथा छिमेकीले उपचारका लागि मध्यराततिर प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा ल्याएकोमा बिहान उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरी निरीक्षक दीपक गिरीले बताउनुभयो।
चार साना छोराछोरी भएका सदाको गरिबीका कारण ज्याला मजदुरी गरेर परिवार पाल्न नसकिरहेका कारण दैनिक पत्नीसँग झगडा हुने गरेको छिमेकी बताउँछन्।
|