September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

दक्षिण कोरियाद्वारा हवाई प्रतिरक्षा क्षेत्र विस्तार

सोल, २३ मंसिर(प्रेस टीभी)। दक्षिण कोरियाले पूर्वी चीन समुद्रमा चीनले हालै घोषणा गरेको हवाई प्रतिरक्षा क्षेत्रजस्तै र त्यसको केही भागलाई छोपिने समेत गरी हवाई प्रतिरक्षा क्षेत्र घोषणा गरेको छ।  

दक्षिण कोरियाली रक्षा मन्त्रालयले आइतबार जनाएअनुसार दक्षिण कोरिया दक्षिण समुद्र तटदेखि उपमहाद्विपीय चट्टानसम्म उक्त प्रतिरक्षा क्षेत्र विस्तारित छ। जुन उपमहाद्विपीय चट्टानलाई चीनमा सुयान भन्ने गरिन्छ।  

दक्षिण कोरियाली रक्षा मन्त्रालयका नीति प्रमुख जाङ् ह्युकले 'हामीले सम्बन्धित देशहरूलाई हाम्रो अडान (पोजिसन) व्याख्या गरिसकेका छौं र समग्रमा ती देशहरू हाम्रो कदम अन्तर्राष्ट्रिय नियम उल्लङ्घन नभएकोमा सहमत छन्' भन्नुभयो।  

दक्षिण कोरियाको उक्त नयाँ क्षेत्र घोषणा डिसेम्बर १५ देखि लागू हुनेछ।  दक्षिण कोरियाली सरकारले घोषणा गरेको सिउल नियन्त्रित भिरालो चट्टान चीनले हालै घोषणा गरेको हवाई प्रतिरक्षा पहिचान क्षेत्रले पनि समावेश गरेको छ।  

नोभेम्बर २३ का दिन चीनले समुद्री सिमानालाई आधार बनाएर पूर्वी चीन समुद्रमा कोरिया र जापानसित भू–भागको विवाद रहेको टापूहरूसमेत समावेश गरी हवाई प्रतिरक्षा क्षेत्र घोषणा गरेको थियो।