September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

कारबाहीमा सात तालिवानको मृत्यु

काबुल, २३ मंसिर। अफगानिस्तानमा अफगान प्रहरीले गत २४ घण्टाभित्र गरेको तालिवानविरुद्धको कारबाहीका क्रममा आइतबार बिहानसम्ममा सात जना तालिवानको ज्यान गएको बताइएको छ। 

अफगानिस्तानको गृह मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा सो जानकारी दिइएको हो। विगत २४ घन्टायता अफगान सैनिकको समेत सहगितामा प्रहरीले जारी राखेको सो कारबाहीमा परी अरु आठ जना लडाकू पक्राउ पर्नुका साथै अन्य पाँच जना घाइते भएका पनि गृह मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।  

पछिल्लो समयमा अफगानिस्तानमा प्रहरीले तालिवानविरुद्धको कारबाहीलाई सशक्त बनाएको अफगान सरकारले जनाएको छ। आगामी सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फर्किसक्ने भएकोले पनि त्यहाँको प्रहरीलाई अघि सारिएको बताइएको छ। 

अफगानिस्तानमा सेना र नेटोसँग आबद्ध अन्तर्राटि्रय सुरक्षा सहयोग बलले विगत लामो समयदेखि नै तालिवानहरूका विरुद्धमा कारबाही जारी राखेको छ।  

अफगान सुरक्षाकर्मीले जारी राखेको यो कारबाही अफगानिस्तानको लोगार, पाक्टिया, घोर, हेलमान्ड, कान्दाहार र निम्ारोजप्रान्त भएको विज्ञप्तिमा जनाइएको छ। 

कारबाहीको क्रममा सुरक्षा बलतर्फ भने कुनै हताहती नभएको र संयुक्त सेनाले विभिन्न हातहतियार कब्जा गरेको पनि उल्लेख गरिएको छ।