September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

सुरुङमार्गमा रु. २४ करोडको काम सुरु

हेटौंडा, २४ मंसिर। बहुचर्चित्ा हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्गको पहिलोचरणको निर्माण कार्य सुरु भएको छ। 

पहिलो चरणको निर्माण कार्यमा रु. २४ करोड खर्च लाग्नेछ। यसको जिम्मा मेघा टेक इन्जिनियरिङ, हाई हिमालयन कन्स्ट्रक्सन, युनाइटेड विल्डर्स र स्वछन्द निर्माण सेवालाई दिइएको छ। 

नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले रु. कामको सुरुवात भीमफेदीबाट कुलेखानीसम्मको सुरुङ खनेर गरिएकोले पनि कामका लागि सो मार्ग प्रयोग आई ढुवानीमा सहजता आउने बताउनुभयो। सुरुङमार्ग हेटौंडाको राप्तीपुलबाट सुरु भई लालझडी निस्कने र त्यहाँबाट अर्को सुरुङ मार्ग हुँदै भैंसे र पान्द्रङको बीचमा निस्कनेछ। भीमफेदीबाट सुरु हुने अर्को सुरुङ हुँदै रानीखोला निस्कने र त्यहाँबाट काठमाडौंको बल्खु पुग्न पुनः अर्को एउटा सुरुङ निकालिने कम्पनीले जनाएको छ।                        रासस