September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

बयासी चेपाङ परिवारलाई मौरी र घार वितरण

गजुरी (धादिङ), २४ मंसिर। नेपाल सरकारको चेपाङ विकास कार्यक्रमअन्तर्गत धादिङका ८२ चेपाङ परिवारलाई मौरीसहितको घार वितरण गरिएको छ।  

व्यवसाय कीट विकास निर्देशनालयअन्तर्गत मौरीपालन विकास शाखा गोदावरीले 'एक घार एक गोला' नारासहित चेपाङ समुदायको आर्थिक विकासका लागि मौरीसहितको घार वितरण गरेको हो। 

कृषि सेवा गजुरीअन्तर्गत मौरीपालन शाखाका दत्तराम शर्मा र कृषि सेवा प्रमुख रेशमराज लामिछानेले जोगिमाराको हेक्राङमा दुईवटा र गजुरीको आदामारामा दुई समूह गठन गरी ८२ चेपाङ परिवारलाई प्रतिघार रु. नौ हजार मूल्यबराबरको मौरी र घार वितरण गरेका हुन्। 

गत भदौमा कृषकलाई एक हप्ताको तालिमसहित प्राविधिक सहायकको सहयोगमा गोरखाका ११८ कृषकलाई पनि मौरीसहितको घार वितरण गरिएको थियो।                                        रासस