आयोडिनयुक्त नुन प्रयोग गर्ने बढ्दै
दार्चुला, २४ मंसिर। दार्चुला जिल्लामा आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको छ।
नेपाल साल्ट ट्रेडिङ कर्पाेरेसन खलङ्गा डिपोका अनुसार दिनहुँ एक सयभन्दा बढी मानिस आयोडिनयुक्त नुन खरिद गर्न आउने गरेका छन्।
दार्चुला जिल्लामा आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या पहिले न्यून रहे पनि अहिले भने बढेको डिपो प्रमुख लक्ष्मणसिंह धामीले बताउनुभयो।
उहाँका अनुसार यस वर्षको असोजदेखि अहिलेसम्म आठ क्विन्टल आयोडिनयुक्त नुन बिक्री भइसकेको छ।
आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ भन्ने जनचेतना बढेका कारण यस्तो नुन खरिद गर्नेको सङ्ख्यामा वृद्धि भएको हो। रासस
|