अमेरिका अफगानिस्तान सुरक्षा सम्झौता हुन सकेन
काबुल, २४ मंसिर। अफगानिस्तानमा रहेका नेटो सैनिकको बसाई अवधिलाई लम्ब्याउने विषयमा अमेरिका र अफगानिस्तानको बीचमा हुने भनिएको सुरक्षा स्ाम्झौता अन्योलमा परेको छ। सो विषयमा कुराकानी गर्ने भनिए पनि हालैमात्र भएको अमेरिकी रक्षामन्त्रीको अफगानिस्तान भ्रमणमा सो विषयमा केही सम्झौता हुनसकेन।
अमेरिकाले भने अफगानिस्तानमा नेटो सैनिकलाई निरन्तरता दिनेसम्बन्धी द्वीपक्षीय सुरक्षा सम्झौता (बीएसए) मा हस्ताक्षर गर्न आग्रह गरिरहेको छ।
सन् २०१४ पछि पनि अफगानिस्तानमा राख्ने भनिएका केही नेटो सेनालाई निरन्तरता दिनका लागि जतिसक्दो छिटो उक्त सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले माग गरेको छ। राष्ट्रपति कारजायीले उक्त प्रस्ताव त्यहाँको संसदमा विचाराधीन अवस्थामा रहेकोले पनि हस्ताक्षरका लागि समय लाग्नसक्ने स्पष्टिकरण दिनुभएको छ।
अकस्मात् अफगानिस्तान पुगेका अमेरिकी रक्षा मन्त्रीको त्यहाँका राष्ट्रपति हमिद कारजायीसँग भेटवार्ता हुन पनि नसकेको जनाइएको छ। हेगेल शनिबार अफगानिस्तान पुगेका थिए।
यस विषयमा अफगानिस्तानका राष्ट्रपति कारजायीले आफूले यसअघि नै हाल सो सुरक्षा सम्झौता नहुने भनेकोेले अहिले कुनै प्रतिक्रिया नदिने बताएका थिए। एएफपी
|