September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

संरा अमेरिकी मानवरहित हवाई आक्रमणप्रति पाकिस्तानको असन्तोष

कराची, २५ मंसिर। पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले राजधानी इस्लामावादमा अमेरिकी रक्षामन्त्री चुक हगेलसँगको भेटवार्तामा अमेरिकी मानवरहित विमानले आदिवासी क्षेत्रमा निरन्तर हवाई आक्रमण गरेकोप्रति आपत्ति जनाउनुभएको छ। 

भेटघाटबारे डिसेम्बर ९ मा पाकिस्तानको विदेश मन्त्रालयद्वारा प्रकाशित वक्तव्यअनुसार मानवरहित हवाई आक्रमणले आतङ्कवाद र उग्रवादविरुद्धको प्रहारभन्दा पनि त्यसको उल्टो नकारात्मक प्रभाव पार्ने कुरामा प्रधानमन्त्री शरिफले जोड दिनुभएको छ। साथै उहाँले रक्षामन्त्री हगेलसँग क्षेत्रीय शान्ति तथा स्थिरताका लागि दुई मुलुकबीचको रणनैतिक साझेदारी सम्बन्धको महत्त्वपूर्ण अर्थ रहेको पनि दोहोर्‍याउनुभएको छ। 

भेटवार्ताका क्रममा उहाँहरूले अफगानिस्तानको परिस्थितिबारे पनि छलफल गर्नुभएको छ। अफ्गानिस्तानको शान्ति प्रवि्र्कयामा पाकिस्तानको प्रयासबारे प्रधानमन्त्री शरिफले सम्भावित अवसरबारे पनि औंल्याउनुभएको छ। 

संरा अमेरिकी मानवरहित विमानद्वारा गरिएका हवाई आक्रमणको विरोध गर्न गत महिनाको २३ तारिखदेखि पाकिस्तानी प्रदर्शनकारीहरूले अफ्गानिस्तानमा तैनाथ नेटो सेनाका लागि उत्तर–पश्चिमी पाकिस्तानमा मुख्य आपूर्ति मार्ग बन्द गरेका छन्। नेटो सेनाको ७० प्रतिशतको आपूर्ति पाकिस्तानबाट अफ्गानिस्तानमा पुर्‍याउने गरेको जनाइएको छ।