मण्डेलाको श्रद्धाञ्जली समारोहमा ९१ देशको सहभागी
जोहान्सवर्ग, २५ मंसिर। दक्षिण अफ्रिकी सरकारले सोमबार जनाएअनुसार सोमबार मध्यान्हसम्म ९१ मुलुकका नेताहरूले जोन्हासवर्गमा आयोजना हुन लागेको पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको श्रद्धाञ्जली समारोहमा सहभागी हुने सुनिश्चित गरेको छ।
दक्षिण अफ्रिकी सरकारले जनाएअनुसार, डिसेम्बर दश तारिखका दिन जोनेसबर्गस्थित खेलमैदानमा उक्त श्रद्धाञ्जली समारोहको आयोजना गरिनेछ।
साथै सर्वसाधारणका लागि श्रद्धाञ्जली अर्पण गर्न एघारदेखि तेह्र तारिखसम्म मण्डेलाको शव प्रेटोरियाको सङ्घीय भवनमा राखिनेछ।
चौध तारिख मण्डेलाको शवलाई उनको जन्मथलोमा लैजाने र पन्ध्र तारिख अन्त्येष्टि गर्ने बताइएको छ।
|