September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

वैदेशिक श्रमिक हुलदङ्गाबारे सिङ्गापुरका प्रमको चासो

सिङ्गापुर, २५ मंसिर। डिसेम्बर ८ तारिख राति भएको वैदेशिक श्रमिक हुलदङ्गाबारे छानबीन गर्नका लागि सिङ्गापुरका प्रधानमन्त्री ली हि्सएन लूले सम्बन्धित मन्त्रालयलाई उच्चस्तरीय छानबीन समिति गठन गर्न निर्देशन दिनुभएको छ। 

९ तारिखका दिन उहाँले आन्तरिक मामिला मन्त्रालयलाई जाँचबुझ समितिको गठन गर्न निर्देशन दिनुभएको हो। उक्त समितिले घटनाको कारण र कानुन कार्यान्वन अधिकृतको सामना उपायबारे जाँचबुझ गर्ने प्रधानमन्त्री लीले जानकारी दिनुभयो। 

सिङ्गापुरमा ५४ लाख जनसङ्ख्यामध्ये दश लाख त विदेशी श्रमिकहरू रहेका छन्। यिनीहरूमध्ये भारत, बङ्गलादेश, पाकिस्तान र चीनलगायतका देशबाट त्यहाँ काम गर्न गएका हुन्।