September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

रासायनिक हातहतियार बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिने

संयुक्त राष्ट्रसङ्घ, २७ मंसिर। रासायनिक हातहतियार बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिने योजना आगामी डिसेम्बर १७ का दिनमा प्रकाशित गरिने  संयुक्त राष्ट्र सङ्घका प्रवक्ताले बुधबार जानकारी दिनुभएको छ। 

यसबाट पर्ने असर छलफललगायत अन्य अन्तिम विस्तृत गृहकार्य हाल भइरहेको प्रवक्ता मार्टिन नसर्कीले बताउनुभएको छ। 

अहिलेसम्म कच्चा पदार्थकै रुपमा रहेको तर रासायनिक घातक हातहतियार उत्पादन गर्न प्रयोग हुने खालका विस्फोटक संवेदनशील रासायनिक वस्तुहरूको भण्डार नष्ट गरिनुपर्ने पनि उहाँले बताउनुभयो। 

यसबारेमा अन्तिम प्रतिवेदन संयुक्त राष्ट्रसङ्घका प्रमुख बान की मुनकहाँ पेस गरिने र उहाँले सो प्रतिवेदनलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्तुत गर्नुहुने मार्टिनले थप जानकारी दिनुभएको छ। 

प्रस्तावित योजनाअनुसार संयुक्त राष्ट्र सङ्घ र अर्गनाइजेसन फर दि प्रोहिबिसन अफ केमिकल विपन्स (ओपीसीडब्ल्यु) को संयुक्त सहकार्यमा सो रासायनिक कच्च पदार्थ नष्ट गर्ने कार्य सम्पन्न गरिने बताइएको छ।              सिन्ह्वा