सिरियाली शरणार्थीका लागि दुई करोड ४० लाख पाउण्ड सहयोग
बेरुत, २७ मंसिर। बेलायतले सिरियाली शारणर्थीका लागि थप मानवीय सहायतास्वरुप दुई करोड ४० लाख पाउण्ड बराबरको रकम सहयोग गर्ने समाचार छ।
उक्त सहयोग लेबनानमा शरण लिएर बसेका सिरियाली शरणार्थीलाई दिइने बताइएको छ।
बेलायती विदेश ह्युज रवर्टसनले लेबनानको दुईदिन भ्रमणको क्रममा सो सहयोगको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ।
यस भ्रमणको क्रममा रबर्टसनले लेबनानी राष्ट्रपति मिचेल सुलेइमान, संसदका सभामुख नावीह बेर्री, प्रधान्ा मन्त्री तमाम सलाम र सैनिक कमाण्डर जर्नेल जिआन कावाजीसँग भेटघाट गर्नुभएको जनाइएको छ।
बेलायती सरकारले सिरियालीको द्वन्द्वबाट आफ्नो देशबाट भागी अन्य देशमा शरण लिन पुगेका सिरियाली शरणार्थीका लागि थप छ करोड पाउण्ड बराबरको रकम प्रबन्ध गरेको जनाइएको छ।
लेबनानमा दिन लागिएको यो थप सहयोग सोही रकमको एक भाग भएको लेबनानमा अवस्थित ब्रिटिस राजदूतावासबाट प्रकाशित विज्ञप्तिमा जनाइएको छ।
आफ्नो लेबनान भ्रमण लेबनानमा सङ्कटकालीन समय चलिरहेको बखतमा भएको उहाँले रबर्टसनले बताउनुभएको छ।
लेबनानीका नयाँ सरकारलाई बेलायत सरकारले सक्दो सहयोग गर्ने र लेबनानमा शान्ति स्थायित्व र समृद्धिको बेलायतले सधैं कामना गर्ने रबर्टसनलाई उद्धृत गर्दै समाचारमा बताइएको छ।
हाल लेबनानलाई सिरियाली शरणार्थीका लागि दिइएको यो सहयोग जाडोका लागि कपडा, कम्बल, त्रिपाल, हिटर, तेल, बालबालिकालाई चाहिने सरसामान, औषधिका लागि दिइएको समेत विदेश मन्त्री रर्बटसनले जानकारी दिनु भएको बताईएको छ।
सिन्ह्वा
|