दमासकसमा आक्रमण: दसको मृत्यु
दमासकस, २७ मंसिर। सिरियाको राजधानी दमासकसको उपनगरमा अल कायदासँग आबद्ध नुस्रा फन्टका अतिवादी लडाकूहरूले गरेको आक्रमणमा दस सर्वसाधारणको मृत्यु भएको समाचार छ।
उक्त जानकारी सरकार समर्थक एफएम रेडियो शामले जनाएको छ।
दमासकसको उत्तरी भागमा पर्ने कलामोउन क्षेत्रको उपनगर आद्रा अल उमालिएमा सो घटना भएको बताइएको छ।
एफएम शामका अनुसार आद्राको सडकमा मारिएका ती नागरिकहरूको शव छरिएर रहेका थिए।
यसैगरी सो गृहयुद्धका कारण लाखौं व्यक्ति विस्थापित भई छिमेकी राष्ट्रको शरणमा पुगेका छन्।
त्यसमाथि पनि बारम्बार अलकायदासँग आवद्ध आतङककारीहरूले त्यहाँ हिंसा हत्या जारी राखेको पाइन्छ।
सिन्ह्वा
|