September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

हेयान आँधीबाट मृत्यु हुनेको सङ्ख्या ६ हजार

मनिला, २८ मंसिर।  फिलिपिन्समा गत महिना आएको हेयान अर्थात् स्थानीय भाषामा योलान्डाको नामबाट प्रख्यात आँधीबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ६ हजार पुगेको फिलिपिन्स प्रकोप न्यूनीकरण निकायले शुक्रबार जनाएका छन्। 

फिलिपिन्स राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद् (एनडिआरआरएमसी) का कार्यकारी निर्देशक इडुआर्डो डेल अ रोसारियोका अनुसार मध्य फिलिपिन्सका प्रायः भागहरू  प्रभावित हुने गरी  गत नोभेम्बर ८ मा सो आँधीबाट ६ हजार नौ जनाको मृत्यु भएको छ। त्यसैगरी सो आँधीका कारण एक हजार ७७९ जना अझै बेपत्ता भएका छन्। यस आँधीबाट २७ हजार २२ जना घाइते भएका पनि रोसारियाले थप बताउनुभएको छ। त्यसैगरी हेयानका कारण एक करोड ६० लाख व्यक्ति प्रभावित भएका छन्। त्यसैगरी यस आँधीबाट ३९ लाख व्यक्ति विस्थातित भई  शरणार्थी केन्द्रहरूमा बसोबास गरिरहेका रोसारियोले बताउनुभएको छ।                      सिन्ह्वा