September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

महिला डबल लिग भलिबल प्रतियोगिता हुने

काठमाडौं, २८ मंसिर। ढोरपाटन स्पोर्ट्स प्रशिक्षण क्लबले आयोजना गर्दै आइरहेको ढोरपाटन ब्लू स्काइकप राष्ट्रिय महिला डबल लिग भलिबलको नवौं संस्करण आगामी माघ १६ गतेदेखि काठमाडौंमा सञ्चालन हुने भएको छ। 

मंसिर २९ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भनिएकोमा प्राविधिक कारणले गर्दा सार्नु परेको क्लबका महासचिव देवेन्द्रकुमार घर्ती मगरले बताउनुभयो। 

प्रतियोगितामा ज्ञानुबाबा उच्च मावि, नेपाल पुलिस क्लव, एपीएफ क्लव, न्यू डायमन्ड एकेडेमी, चन्डेश्वरी युवा क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र कुलेश्वर मावि गरी ११ टोलीको सहभागिता रहने जनाइएको छ।  

प्रतियोगितामा पहिलो हुनेले रु. दुई लाख ५१ हजार र दोस्रोले रु. एक लाख २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।               रासस