September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

जापानलाई इतिहासप्रति आत्मालोचना गर्न चीनको ताकिता

डिसेम्बर १३ तारिखका दिन नानचिङ् सहरमा अतिक्रमणकारी जापानी सेनाले आम नरसंहार गरेको ७६ वर्ष पुगेको छ। चीनले यस स्मृति दिवसमा फेरि एकपटक आफ्नो ज्यादतीपूर्ण इतिहासप्रति आत्मालोचना गर्न जापानसमक्ष ताकेता गरेको छ। जापानलाई उसको इतिहासको उचित मूल्याङ्कन गरी गम्भीर रुपमा आत्मालोचना गरेर चीनलगायत एसियाली छिमेकी मुलुकसँगको सम्बन्धलाई सुधार गर्न पनि चीनले आह्वान गरेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले स्पष्ट पारेका छन्।