September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

अमेरिकाद्वारा इरानको आणविक योजनाको समर्थन गर्ने कम्पनी र व्यक्तिमाथि नाकाबन्दी

वाशिङ्टन डीसी, १४ डिसेम्वर। अमेरिकी अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले डिसेम्बर बाह्र तारिखका दिन इरानको आणविक योजनाको समर्थन गर्ने केही कम्पनीहरू र व्यक्तिहरूमाथि नाकाबन्दी लगाउने घोषणा गर्दै अमेरिकीहरूलाई ती कम्पनीहरू र व्यक्तिहरूसँग कारोबार गर्न निषेध गर्ने कुरा सार्वजनिक गरेको छ। 

आतङ्कवादविरोधी र बैङ्किङ जासुसीको जिम्मा लिने अमेरिकी उपअर्थमन्त्री डेभिड गोनले अमेरिकाले विश्वको विभिन्न क्षेत्रको उद्योग–व्यवसाय, बैङ्क र शेयर कम्पनीलाई आणविक समस्याबारे एक चौतर्फी सम्झौताका लागि ताकेता तुल्याउँदै आएको तर अमेरिकाले इरानमाथि नाकाबन्दी लगाउन स्मरण गराएको कुरा पनि बताउनुभयो। 

चालू वर्षको नोभेम्बरमा इरानको आणविक समस्यासम्बन्धी छ मुलुक र इरानबीच पहिलो चरणको वार्तामा सामान्य मतैक्यता भएपछि अमेरिकाले इरानको आणविक योजनाको समर्थन गर्ने कम्पनी र व्यक्तिको कालोसूची सार्वजनिक गरेको यो पहिलो पटक हो।