सडक विस्तारसँगै जाजरकोटमा घरजग्गाको मूल्यमा वृद्धि
जाजरकोट, २९ मंसिर। जिल्ल्ााका विभिन्न स्थानमा सडक निर्माण भएपछि घर जग्गाको मूल्य आकासिएको छ। जाजरकोट–डोल्पा तथा जाजरकोट–जुम्ला मध्यपहाडी राजमार्ग र अन्य ग्ा्रामीण सडकको निर्माण सुरु भएपछि जग्गाको मूल्य आकासिएको हो।
जिल्लाको भूभाग हँुदै जाने मध्यपहाडी राजमार्गका साथै सदरमुकाम खलङ्गादेखि डोल्पा र जुम्ला जोड्ने सडकको निर्माण थालनीसँगै सदरमुकाम आसपासको घरजग्गाको मूल्यवृद्धि भएको छ।
ती सडकको निर्माणपछि जिल्लाका सबै स्थानीयको सडकसँगको पहँुच हुनाका साथै पर्यटन, कृषि र व्यापारमा समेत वृद्धि बताइएको
नेपाली सेनाले जाजरकोट–डोल्पा सडक र सडक विभागले जाजरकोट–जुम्ला सडक तथा मध्यपहाडी राजमार्गको निर्माण सुचारु गरेको छ। राजमार्गबाहेक अन्य सडकको सुरुवात बिन्दु सदरमुकाम खलङ्गा भएको छ।
चार वर्षअघि रु. दुई लाखमा पाइने घर अहिले रु. आठ लाख पुगेको छ। त्यसैगरी प्रतिरोपनी रु. तीन लाख पर्ने सदरमुकामको जग्गा हाल रु. नौ लाखभन्दा बढीमा बिक्री हुने गरेको छ।
चार वर्षअघि नै सदरमुकाममा चारवटा सडकको निर्माण पूरा भए पनि हालसम्म ती रिङरोडमा मोटर भने गुड्न सकेको छैन। सदरमुकाम आसपासको मोटरबाटो निर्माणमा जिल्ला विकास समिति, ग्ा्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन कार्यक्रम, नेपाली सेना, सडक विभागलगायतका निकायले करोडौं रकम खर्च गरेका छन्।
निकायले खलङ्गा बजारभित्र झण्डै १७ किलोमिटर सडक निर्माण गरेका छन्। नेपाली सेनाले पासागाड–कालेगाउँँखण्डमा रु. आठ करोड, ग्ा्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन कार्यक्रमले शान्तिचौतारा–थाप्लेचौर खण्डमा रु. तीन करोड, सडक विभागले शान्तिचौतारा–रिसाङ रु. ७० लाख र जिल्ला विकास समितिले ठाटी–थाप्लेचौर खण्ड तथा शान्तिचौतार–रिसाङ खण्डमा रु. ५० लाख गरी रु. १२ करोड खर्च भइसकेको छ। जिल्लाको सदरमुकाम खलङ्गामा तीन वर्षअघि मोटर पुर्याइए पनि अझै नियमित हुन सकेको छैन।
छिन्चु–जाजरकोट सडकको खोलेपुज्न–खलङ्गा खण्डमा वर्षको पाँच महिना पनि मोटर गुड्न पाउँदैन। विभिन्न खोला र नदीमा पुल नहुँदा मोटर नियमित नभएको हो। वर्षातमा जिल्लाको कुनै पनि भूभागमा मोटर चलेको पाइँदैन। सदरमुकामसम्म सडक पुग्नु अगाडि नै चारैतिर बाटाहरू खनिए पनि स्थानीयले यातायातको सुविधा भने पाउन सकेका छैनन्। रासस
|