September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

खुर्सानीको धूलो छर्केर गहना लुटियो

खोटाङ, २९ मंसिर। बाटोमा हिंडिरहेकी एक महिलाको खोटाङमा गहना लुटिएको छ। दिक्तेलस्थित रत्नपार्कमा शुक्रबार राति हिंडिरहेको अवस्थामा सप्तेश्वर–३ घर भई हाल सोही स्थानमा बसोबास गर्ने मनुहिमाल राईको कानमा लगाएको एक तोला सुनको रिङ लुटिएको हो।  

आफन्तकोबाट कोठामा फर्कने क्रममा बाटो ढुकेर बसिरहेका एक व्यक्तिले आँखामा खुर्सानीको धूलो छर्केर दुवै कानमा लगाएको रिङ लुटेर लगेको पीडित राईले बताउनुभयो।  

उहाँले भन्नुभयो, “म आफन्तकामा गएर फर्कंदै थिएँ, उसले एक्कासि मेरो आँखामा खुर्सानीको धूलो हालिदियो र मुख थुनेर कानमा लगाएको सुन लुटेर लग्यो।”  

पीडित महिलाका अनुसार लुटेराले सेतो क्याप, जिन्सको पाइन्ट र खैरो ज्याकेट लगाएको छ। लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ।         रासस