September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

साढे पाँच लाख परीक्षा शुल्क असुली

जुम्ला, ३० मंसिर। जुम्लामा शनिबारबाट सुरु भएको कक्षा ८ को जिल्लास्तरीय परीक्षाका लागि जिल्ला शिक्षा कार्यालयद्वारा परीक्षा शुल्कका रूपमा रु. पाँच लाख ५० हजार रकम असुलिएको छ। 

सो परीक्षामा जिल्लाका तीन हजार २३ नियमित र १०० खुला गरी जम्मा तीन हजार १२३ परीक्षार्थी सामेल भएका छन्।  

प्रश्नपत्र तयारका लागि भनेर जिल्ला शिक्षा कार्यालयले मात्र यसअघि नै प्रतिविद्यार्थी १८० का दरले रु. पाँच लाख ६२ हजार १४० लगिसकेको कालिका निमावि लिहीका प्रधानाध्यापक दिपेन्द्र हमालले जानकारी दिनुभयो।  

यता जिल्ला शिक्षा कार्यालय स्रोतले भने विद्यार्थीको लागि भनेर विद्यार्थीबाट परीक्षा शुल्क नलिएर विद्यालयबाट लगिएको र यसमा विद्यार्थीलाई कुनै असर नपरेको दाबी गरेको छ।  

एकातिर विद्यार्थीबाट कुनै रकम नलिन निर्देशन दिने र अर्कोतर्फ प्रतिविद्यार्थी रु. १८० दिन ताकेता लगाउने जिशिकाको नीतिप्रति थुप्रै विद्यालयले रोष प्रकट गरेका छन्।                   रासस