September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागूऔषध बरामद

विराटनगर, ३० मंसिर। सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मोरङबाट खटिएको टोलीले शनिबार साँझ ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ। 

कार्यालयका अनुसार सशस्त्र प्रहरी हवल्दार सुरज न्यौपानेको नेतृत्वमा खटिएको टोलीले विराटनगर–२० भट्टिमोडबाट भारत सुपौल पिपरा बजार बस्ने १८ वर्षीय रोहितकुमार रावतलाई भारतबाट ल्याउँदै गरेको अवैध लागूऔषध कोरेक्स ७९ बोतल र ७२० वटा स्पास्मो पोक्सोभिन ट्याबलेटसहित नियन्त्रणमा लिइएको हो।  

रावतलाई साइकल थान–१ तथा लागूऔषधसहित इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ।  

रासस