September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

युवाले फेर्न सक्छन् देशको मुहार

सामाजिक विकासको लागि युवाहरूले अहम् भूमिका निभाउन सक्छन्। युवाहरू देश र सामाजिक रुपान्तरणका सिपाही हुन्। सिङ्गो देशको विकासदेखि लिएर सामाजिक रुपान्तरण उनीहरूको जोश, जाँगर र केही गरिखाने भावनाले आतप्रोत हुन्छ। युवाभित्रको ऊर्जा शक्तिलाई राष्ट्रले भरपुर रुपमा प्रोसाहित गर्नुपर्छ।  

सामाजिक विकासको लागि आम जनमानस पनि सरिक बनाउन युवा वर्गबाट सहज हुने हुँदा यसतर्फ सरकारको ध्यान जानुपर्ने देखिन्छ। हाम्रा युवाहरू आफ्नो जीविकापार्जनको लागि खाडी मुलुकहरूमा जाने र ठूलो जोखिम उठाउन बाध्य छन्। यो देश विकासको  बाटोमा अत्यन्त घातक छ। युवाहरू जस्तोसुकै जोखिम पनि सहजै उठाउने आँट गर्छन्। यो आँट र जोखिममात्र जीवनयापनमा सीमित नभई राष्ट्र विकासलाई पनि सहयोग पुग्न सक्नुपर्ने देखिन्छ, तर आज हाम्रो देशमा ठीक उल्टो भएको छ। अरु देशको विकासमा हाम्रा युवाहरूले ठूलो जोखिम उठाएबापत जीवनयापनको लागि केही रकम मिल्छ। युवाहरू मिलेर राष्ट्र निर्माणमा र सामाजिक विकासमा निरन्तरता दिने हो भने, हाम्रो देश दिन दुई गुणा चार गुणा विकास भएर जानेछ। विदेशको कमाइ र मेहनतको तुलना गर्ने हो भने नेपालमा पनि सुन फल्न सक्छ।  

विदेशिन बाध्य भएका ऊर्जाशील लाखौं लाख युवा सङ्ख्यालाई सही विचार र सिद्धान्तमूलक चेतनाको विकास गराउँदै विदेशबाट कमाएको सीमित धनले देशको अवस्था र जीवन स्तरमा सुधार गर्न नसक्ने कुरा अब नेपाली युवाहरूले बुझ्नुपर्ने देखिन्छ। युवाहरूको बेरोजगारी आज सरकारको निम्ति मागी खाने भाँडो र कमाउधन्दा भएको छ। साहुहरूका निम्ति उनीहरूले कमाएको रकमलाई कसरी आफ्नो पोल्टामा पार्ने भन्ने हानथाप हुँदै आएको छ। युवाहरूको जीवनमै बर्बादी र टायम पास र निरासामा अग्रसर हुँदै गएको छ। आज विदेश जाने सपनामा लाखौंलाख युवाहरू खल्तीमा पासपोर्ट हालेर देशभित्रै भौतारिरहेका हजारौं हजार युवाहरूको वास्तवमै मुक्ति कसरी हुन्छ भन्ने प्रश्न गम्भीर छ। 

सुरेश त्वायना, प्रशिक्षार्थी