September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

काफ्ले समाजको केन्द्रीय साधारणसभा

काठमाडौं, १ पुस। काफ्ले समाज केन्द्रीय समितिको १२ औं साधारणसभा नेपाल राष्ट्र बैङ्कका सहायक गभर्नर गोपालप्रसाद काफ्लेले चावहिल काठमाडौंमा एक समारोहबीच उद्घाटन गर्नुभयो।  

उद्घाटन कार्यक्रममा गभर्नर काफ्लेले समाजले पूर्व मेचीदेखि पश्चिम महाकालीका बन्धुहरूलाई एक भएर अगाडि बढाउनुपर्ने बताउँदै नयाँ कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो।  

काफ्ले समाज भक्तपुरका अध्यक्ष अर्जुन काफ्लेले समाजले अब देश र जनताको लागि सबै वर्गको हितको लागि काम गर्नुपर्ने बताउँदै विकृति र विसङ्गतिको लागि समाज लागिपर्ने बताउनुभयो।  

काफ्ले समाज केन्द्रीय संयोजक कोमलप्रसाद काफ्लेको सभापतित्वमा भएको सो सभामा महासचिव गुणराज काफ्लेले अगामी कार्यक्रमबारे बोल्नुभएको थियो। उक्त साधारणसभाले कोमलप्रसाद काफ्लेको अध्यक्षतामा १९ सदस्यीय काफ्ले समाज केन्द्रीय समिति गठन गरेको छ।